
कात्तिक ४, २०७३
काठमाडौं : नेपाल जेसिजको ४३ औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने भएको छ।
नेपाल जेसिजको मुख्य कार्यालय थापाथलीमा भएको पत्रकार सम्मेलनमा यसको जानकारी दिइएको हो। ४३ औँ महाधिवेशन धापासी जेसिजको आतिथ्यमा महाधिवेशन हुन लागेको छ। उक्त महाधिवेशन सम्पन्न गर्नका लागि १ सय १ सदस्यीय मूल आयोजक समिति, ९ सदस्यीय कार्यकारिणी समिति, सल्लाहकार समिति र विभिन्न उपसमितिहरु गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
महाधिवेशनमा देशभरका १ सय ३८ शाखाबाट १५१८ प्रतिनिधि तथा सोही संख्यामा पर्यवेक्षक एवं अतिथिहरुको सहभागिता रहने महाधिवेशन आयोजक समितिका महाधिवेशन निर्देशक प्रकाश घिमिरेले जानकारी दिए। निर्देशक घिमिरेका अनुसार महाधिवेशनमा राष्ट्रिय चुनौती, संविधान कार्यान्वयन, अन्तर्राष्ट्रिय अभियान 'शान्ति सम्भव छ', आन्तरिक पर्यटन वर्ष-२०७३, राष्ट्रिय युवा नीति, वातावरण तथा पर्यावरणलगायतका विषयहरुमा छलफल हुने छ।
यसका साथै महाधिवेशनमा “टोखा सांस्कृतिक तथा सडक खाना महोत्सव” एवं “राष्ट्रिय कवि गोष्ठी तथा कविता वाचन प्रतियोगिता” लगायतका नयाँ कार्यक्रमहरु थप गरिएको निर्देशक घिमिरेले जानकारी दिए।
यस्तै पत्रकार सम्मेलनमा धापसी जेसिजका अध्यक्ष सुदेश पौडेलले महिधिवेशनमा आतिथ्यता गर्न धापासी जेसिज आतुर रहेको उल्लेख गर्दै जेसिजका लागि महाधिवेशन दशैंभन्दा ठूलो चाड भएको बताए। उनले महाधिवेशनमा करिब २५ सय देखी ३ हजारसम्म प्रतिनिधिे भाग लिने बताए। महाधिवेशनले आगामी २०१७ का लागि नेतृत्व चयन गर्नुका साथै धापासी घोषणापत्र जारी गर्ने छ।
जेसिज १८ वर्षदेखी ४० वर्षसम्मका युवाहरूको विश्वव्यापी संगठन हो। संगठनमा देशभरका १ सय ३८ शाखाले युवाहरूको व्यक्तित्व र नेतृत्व क्षमता उजागर गर्ने कार्य गरिरहेका छन्। एक पद, एक व्यक्ति, एक कार्यकाल, एकवर्षको आफ्नो वैधानीक प्रावधानलाई स्वच्छ प्रजातान्त्रिक अभ्यासका रुपमा अवलम्बन गर्दै सफल रुपमा जेसिजले ४३ औँ महाधिवेन गर्न लागेको हो।
Read more at: http://thahakhabar.com/news/4770
कात्तिक ४, २०७३ काठमाडौं : नेपाल जेसिजको ४३ औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने भएको छ। नेपाल जेसिजको मुख्य कार्यालय थापाथलीमा भएको पत्रकार सम्मेलनमा यसको जानकारी दिइएको हो। ४३ औँ महाधिवेशन धापासी जेसिजको आतिथ्यमा महाधिवेशन हुन लागेको छ। उक्त महाधिवेशन सम्पन्न गर्नका लागि १ सय १ सदस्यीय मूल आयोजक समिति, ९ सदस्यीय कार्यकारिणी समिति, सल्लाहकार समिति र विभिन्न उपसमितिहरु गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। महाधिवेशनमा देशभरका १ सय ३८ शाखाबाट १५१८ प्रतिनिधि तथा सोही संख्यामा पर्यवेक्षक एवं अतिथिहरुको सहभागिता रहने महाधिवेशन आयोजक समितिका महाधिवेशन निर्देशक प्रकाश घिमिरेले जानकारी दिए। निर्देशक घिमिरेका अनुसार महाधिवेशनमा राष्ट्रिय चुनौती, संविधान कार्यान्वयन, अन्तर्राष्ट्रिय अभियान 'शान्ति सम्भव छ', आन्तरिक पर्यटन वर्ष-२०७३, राष्ट्रिय युवा नीति, वातावरण तथा पर्यावरणलगायतका विषयहरुमा छलफल हुने छ। यसका साथै महाधिवेशनमा “टोखा सांस्कृतिक तथा सडक खाना महोत्सव” एवं “राष्ट्रिय कवि गोष्ठी तथा कविता वाचन प्रतियोगिता” लगायतका नयाँ कार्यक्रमहरु थप गरिएको निर्देशक घिमिरेले जानकारी दिए। यस्तै पत्रकार सम्मेलनमा धापसी जेसिजका अध्यक्ष सुदेश पौडेलले महिधिवेशनमा आतिथ्यता गर्न धापासी जेसिज आतुर रहेको उल्लेख गर्दै जेसिजका लागि महाधिवेशन दशैंभन्दा ठूलो चाड भएको बताए। उनले महाधिवेशनमा करिब २५ सय देखी ३ हजारसम्म प्रतिनिधिे भाग लिने बताए। महाधिवेशनले आगामी २०१७ का लागि नेतृत्व चयन गर्नुका साथै धापासी घोषणापत्र जारी गर्ने छ। जेसिज १८ वर्षदेखी ४० वर्षसम्मका युवाहरूको विश्वव्यापी संगठन हो। संगठनमा देशभरका १ सय ३८ शाखाले युवाहरूको व्यक्तित्व र नेतृत्व क्षमता उजागर गर्ने कार्य गरिरहेका छन्। एक पद, एक व्यक्ति, एक कार्यकाल, एकवर्षको आफ्नो वैधानीक प्रावधानलाई स्वच्छ प्रजातान्त्रिक अभ्यासका रुपमा अवलम्बन गर्दै सफल रुपमा जेसिजले ४३ औँ महाधिवेन गर्न लागेको हो।
Read more at: http://thahakhabar.com/news/4770
